लमजुङ, बेँसीसहर — लमजुङ जिल्लाको सदरमुकाम बेँसीसहरमा नेपाल चेन्ज मेकर्सको आयोजनामा सञ्चालित सर्सफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, लियो क्लब अफ लमजुङ तथा Together We Can Create Change संस्थाको सहकार्यमा सञ्चालित यस अभियानमा स्थानीय युवा तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले बेँसीसहर बजार क्षेत्र लगायत सार्वजनिक स्थलहरूमा फोहोर संकलन तथा सरसफाइ कार्य गरेका थिए।
स्वच्छ, सफा र सुन्दर बेँसीसहर निर्माणको उद्देश्यले सञ्चालित यस अभियानले सामुदायिक एकता, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको सन्देश प्रवाह गरेको आयोजकहरूले जनाएका छन्।
अभियान सम्पन्न भएपछि आयोजक नेपाल चेन्ज मेकर्सले अभियानमा सहभागी सम्पूर्ण स्वयंसेवक, युवा साथीहरू तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। "सेवा हाम्रो पहिचान, परिवर्तन हाम्रो अभियान" भन्ने नाराका साथ सञ्चालित यस अभियानले आगामी दिनमा थप यस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।
देश
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB News
नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित
सामाजिक
श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares