काठमाडौं । लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका—२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका—४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१—००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, भीमफेदी गाउँपालिका—२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५३ ट्याब्लेटसहित काठमाडौं कीर्तिपुर नगरपालिका—९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका—६ ईश्रायल कामतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १०८ ग्राम १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका—४ डेरा गरी बस्ने धनकुटा, धनकुटा नगरपालिका—१ हिले घर भएका ३५ वर्षीय मन बहादुर थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अन्य
ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३११ चालक २४ घण्टामा कारबाहीमा
Nepal NB News
मासु उद्योगमा नियमन कडाइ, गुणस्तर मापदण्डले बजारको संरचना बदल्ने
Nepal NB News
इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
Nepal NB News
सप्तकोसीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका २७ ढोका खोलिए
Nepal NB News
आज विश्वकर्मा पूजा: कारीगर तथा दक्ष जनशक्तिप्रति सम्मान
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares