४ असोज २०८३, आइतवार 20 Sep 2026, Sunday

आज हरितालिका तीज: व्रत, पूजा र रंगीबिरंगी साजसज्जामा रमाइरहेका नारीहरू

Nepal NB News
२९ भदौ २०८३, सोमवार

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर धार्मिक विधि र हर्षोल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा बिहानैदेखि महिलाहरू स्नान गरी रातो, हरियो तथा पहेँलो साडी र गहनामा सजिएर नजिकैका शिवालयहरूमा पूजाआजाका लागि पुगेका छन्।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पति पाऊँ भनी कठोर निराहार व्रत बसी आफ्नो मनोकांक्षा पूरा गरेको धार्मिक विश्वासका आधारमा यो पर्व मनाउने गरिन्छ। हिजो मध्यराति दर खाएपछि आज दिनभर महिलाहरू पानीसमेत नपिई व्रत बस्ने र शिव-पार्वतीको पूजाआराधना गर्ने गर्छन्।
नातन धार्मिक मान्यताअनुसार तीजको व्रत बस्नाले पारिवारिक सुख, समृद्धि र दाम्पत्य जीवन सुखी हुने विश्वास छ। तीज केवल धार्मिक पर्व मात्र नभई दिदीबहिनीहरू एकै ठाउँमा भेला भई सुख-दुःख साट्ने र मौलिक संस्कृति जोगाउने महत्त्वपूर्ण माध्यमका रूपमा समेत रहँदै आएको छ।

प्रकाशित : २९ भदौ २०८३, सोमवार 11:42

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved