इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सैन्य काफिलामाथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु भएको छ।
पाकिस्तानी सेनाका अनुसार सेप्टेम्बर १७ मा सुरक्षा बलको काफिलालाई लक्षित गरी इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (IED) विस्फोट गराइएको थियो। घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।
खैबर पख्तुनख्वा पछिल्लो समय उग्रवादी हिंसाबाट प्रभावित प्रमुख क्षेत्रका रूपमा रहेको छ। पाकिस्तानले यस्ता गतिविधिमा तेहरिक–ए–तालिबान पाकिस्तान (TTP) सम्बद्ध लडाकुको संलग्नता रहेको बताउँदै आएको छ।
सेनाले सेप्टेम्बर १५ देखि १७ सम्म भएका छुट्टाछुट्टै सुरक्षा कारबाहीमा थप १० जना उग्रवादी मारिएको जनाएको छ। उत्तर वजिरिस्तानमा ६ तथा हाङ्गु जिल्लामा चार जना मारिएको र उनीहरूबाट हतियार तथा गोलीगठ्ठा बरामद गरिएको सेनाको भनाइ छ।
पाकिस्तान र अफगानिस्तानबीच TTP का गतिविधिलाई लिएर पछिल्लो समय तनाव बढ्दै आएको छ। पाकिस्तानले अफगानिस्तानमा रहेका आश्रयस्थलबाट TTP ले गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले आफ्नो भूमिबाट अन्य देशविरुद्ध आक्रमण हुन नदिएको बताउँदै आएको छ।
विदेश
अस्ट्रेलियन स्टार ब्याटर डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउँदै: काठमाडौँ गोर्खाजमा आबद्ध
इजरायली आक्रमणले क्षतिग्रस्त भएको गाजाको भवन ढल्दा १२ मृत्यु, १०० जना बेपत्ता
Nepal NB News
अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई ठूलो धक्का: अब परिवार लैजान नपाइने, भिसा अस्वीकृत हुने दर अत्यधिक
विराटनगर किङ्समा श्रीलंकाका चारिथ असलंका, मध्यक्रम बलियो बनाउने अपेक्षा
Nepal NB News
नेपाली क्रिकेटमा ऐतिहासिक क्षण: पहिलोपटक टेस्ट राष्ट्र बंगलादेशसँग घरेलु मैदानमा द्विपक्षीय शृङ्खला खेल्दै नेपाल
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares