काठमाडौँ — अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न हुन सक्ने जोखिम तथा राष्ट्रिय सुरक्षासँग जोडिन सक्ने चुनौतीबारे नियमित सूचना आदानप्रदान गर्ने संयन्त्र निर्माण गर्ने विषयमा छलफल गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अपेक्षित शिखर बैठकअघि आर्थिक अधिकारीबीच भएको वार्तामा यस्तो प्रस्ताव अघि सारिएको हो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा भएको वार्ता न्युयोर्कस्थित जेपी मोर्गन चेजको मुख्यालयमा करिब आठ घण्टा चलेको थियो। वार्तापछि बेसेन्टले व्यापार तथा एआईसम्बन्धी छलफललाई ‘धेरै सफल संवाद’ भएको बताएका छन्।
प्रस्तावित ‘अमेरिका–चीन एआई संवाद’मार्फत एआईसँग सम्बन्धित सम्भावित घटना तथा राष्ट्रिय सुरक्षासम्म असर पुग्न सक्ने जोखिमबारे दुवै देशले एकअर्कालाई जानकारी गराउने व्यवस्था बनाउने विषयमा छलफल भएको हो।
बेसेन्टका अनुसार यस विषयमा थप वार्ता अघि बढाउन दुवै पक्ष सहमत भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमले भने वार्तालाई ‘स्पष्ट, गहन र रचनात्मक’ भएको जनाएको छ। सिन्ह्वाका अनुसार बैठकमा द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धन तथा यसअघि भएका सहमति कार्यान्वयनका विषय पनि उठेका थिए।
वार्तामा चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङ्गाङसमेत सहभागी थिए।
विचार
शिक्षक–कर्मचारीको प्रोत्साहन भत्तामा विभेद अन्त्य गर्न राष्ट्रिय शिक्षक सङ्गठनको माग
Nepal NB News
फ्लाइदुबईको विमानमा पाइलटबीच विवाद, अपहरणको आशंकापछि साउदी अरबमा सुरक्षित अवतरण
Nepal NB News
रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ
Nepal NB Newsविदेश
ट्रम्पद्वारा इरानको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार
Nepal NB News
हर्मुज जलघाँटी खोल्ने प्रस्तावमा तेहरान अमेरिकी जवाफको पर्खाइमा
Nepal NB News
फ्लाइदुबईको विमानमा पाइलटबीच विवाद, अपहरणको आशंकापछि साउदी अरबमा सुरक्षित अवतरण
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares