चितवनको इच्छाकामना गाउँपालिका–०४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एकअर्कासँग जोरिँदा १० जना घाइते भएका छन्।
कात्तिक १० गते (२०८३) बिहान करिब ९:२० बजे काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस ठोक्किएको थियो।
नियन्त्रण गुमाएको सो बस त्यसपछि काठमाडौंबाट मुग्लिङतर्फ नै जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकसँग पनि ठोक्किएको थियो।
दुर्घटनामा बस र माइक्रोमा सवार १० जना घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी पृथ्वी हाइवे ट्रमा सेन्टर र इच्छाकामना गाउँपालिका अस्पताल पुर्याइएको छ।
इच्छाकामना गाउँपालिका अस्पताल, कुरिनटारमा उपचाररत घाइतेहरूको हालसम्मको विवरण यस्तो छ:
माइक्रोमा सवार घाइते:
१. बाराको निजगढका ४२ वर्षीय कुमार जोशी
२. नवलपुरको कावासोती नगरपालिका–०३ का ३८ वर्षीय खेमबहादुर गुरुङ
३. नवलपुरको कावासोती नगरपालिका–०३ का ४२ वर्षीय मुराबहादुर कुमाल
बसमा सवार घाइते:
४. झापाको दमक नगरपालिका–०३ की ४८ वर्षीया कल्पना पोखरेल
५. झापाको बिर्तामोड नगरपालिका–०५ का २२ वर्षीय रोमन भट्टराई
अन्य पाँच घाइतेको ठेगानासहितको नामावली अझै प्राप्त हुन बाँकी छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सामाजिक
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
बसमा लुकाएर ल्याइएको १४.२८ ग्राम हेरोइन जस्तो पदार्थसहित धादिङका २९ वर्षीय युवक नियन्त्रणमा
Nepal NB News
मटिहानीमा भन्सार छली ल्याइएको रु. ७ लाखभन्दा बढीको सामान सशस्त्र प्रहरीले समात्यो
Nepal NB News
अटो दुर्घटनामा ६ जना घाइते, एक जनाको अवस्था गम्भीर
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares