पाल्पा। रैनादेवीछहरा गाउँपालिका–३ को बल्गा क्षेत्रमा तीनपाङ्ग्रे अटो सडकबाट तल खस्दा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बल्गाबाट कटौजेतर्फ आउँदै गरेको नम्बर नखुलेको तीनपाङ्ग्रे अटो भित्री कच्ची सडकखण्डमा अनियन्त्रित भई करिब १५० मिटर तल खसेको हो। दुर्घटना हुँदा चालकसहित अटोमा ८ जना सवार थिए, जसमध्ये ६ जना घाइते भएका छन्।
घाइतेहरूमा रैनादेवीछहरा–३ का २४ वर्षीय अटो चालक फर्स ब. नेपाली, ३८ वर्षीया यमकला खाम्चा, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु, २५ वर्षीया मन्जु दर्लामी र यमकला खाम्चाका ६ वर्षीय छोरा ईजन खाम्चा रहेका छन्।
यीमध्ये यमकला खाम्चाको अवस्था गम्भीर रहेको छ भने चालक नेपाली, बराल, सारु र दर्लामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। ६ वर्षीय ईजनको अवस्था सामान्य बताइएको छ।
सबै घाइतेलाई उपचारका लागि मिसन अस्पताल, पाल्पा पठाइएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय, मुझुङ, पाल्पाको टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ। घटनास्थल उक्त कार्यालयबाट करिब २४ किलोमिटर पश्चिम–उत्तरमा पर्छ।
सामाजिक
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
बसमा लुकाएर ल्याइएको १४.२८ ग्राम हेरोइन जस्तो पदार्थसहित धादिङका २९ वर्षीय युवक नियन्त्रणमा
Nepal NB News
मटिहानीमा भन्सार छली ल्याइएको रु. ७ लाखभन्दा बढीको सामान सशस्त्र प्रहरीले समात्यो
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares