टप एन्ड टी–२० मा नेपाललाई तेस्रो झट्का, सेमिफाइनल दौडबाट बाहिरियो
११ भदौ, काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपाल किङ्समेनसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल ३१ रनले पराजित भएसँगै टोलीको सेमिफाइनल पुग्ने सम्भावना पनि समाप्त भएको छ ।
किङ्समेनले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १६६ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । तर, उनको प्रदर्शन टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
नेपालको ब्याटिङमा लोकेश बम र अनिल साहले समान ११ रन जोडे भने बिपिन खत्रीले १० रन बनाए ।
किङ्समेनको बलिङतर्फ स्कट कुगेलेइन र उसामा मिरले ३–३ विकेट लिए । अली शेखले २ तथा उमेर खान र हमाद आजमले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको जिम्मेवारी पाएको किङ्समेनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रनको योगफल तयार गरेको थियो ।
किङ्समेनका शेहान जयसूर्याले ६७ रनको उत्कृष्ट इनिङ्स खेले । शयान जहाङ्गिरले २७, हम्माद आजमले २६, मिलिन्द कुमारले २५ तथा तयाब आरिफले २२ रन बनाए ।
नेपालका लागि नारायण जोशीले २ विकेट लिए । राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलको नाममा समान १ विकेट रह्यो ।
यो हारसँगै नेपालले प्रतियोगितामा खेलेका पाँचमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको छ । अब नेपालसँग प्रतियोगिताको अन्तिम खेल मात्र बाँकी छ ।
अन्तिम खेलमा नेपालले जित हात पारे पनि टोलीको अधिकतम ६ अंक मात्रै हुनेछ । शीर्ष चार टोलीको अंक ८ पुग्ने समीकरण बनेपछि नेपाल सेमिफाइनलको दौडबाट बाहिरिएको हो ।
खेलकुद
विराटनगरमा अन्तरसञ्चारगृह फुटसलको उपाधि ‘द शब्द एक्सप्रेस’लाई
Nepal NB News
जर्मन डिफेन्डर एन्टोनियो रुडिगरको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा
यूएई एसीसी प्रिमियर कपको फाइनलमा, हङकङलाई तीन विकेटले पराजित
Nepal NB News
एसीसी मेन्स प्रिमियर कप: ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा, उपाधिका लागि UAE सँग भिड्ने
Nepal NB News
नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares