स्रोत : सशस्त्रश प्रहरीबल नेपाल
नेपालगञ्ज, कार्तिक १५ (२०८३) – बाँके जिल्लाको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल उद्योगको फलाम गाल्ने भट्टीमा विद्युत् लाइन सर्ट भई आगलागी भएको छ।
आगलागीको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपालको बी.ओ.पी. साईगाउँ, नेपाल प्रहरी, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दमकल तथा स्थानीयवासी संयुक्त रूपमा आगो निभाउन खटिएका थिए। सबै पक्षको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।
घटनामा घाइते भएकालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ।
घाइतेको संख्या, उनीहरूको स्वास्थ्य अवस्था र भौतिक क्षतिको विवरण यकिन हुन बाँकी रहेको छ। थप जानकारी प्राप्त हुनासाथ अद्यावधिक गरिनेछ।
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares