नुवाकोट । नुवाकोटमा बाढीले पुरिएका घरहरू उत्खनन गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले सुन, नगद तथा महत्वपूर्ण कागजात फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ।
मिति २०८३ असोज १३ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हे.क्वा. नुवाकोटबाट खटिएको टोलीले विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारमा बाढीले पुरिएका घरहरूमा उत्खनन तथा खोजी कार्य गरेको थियो।
सो क्रममा टोलीले अन्दाजी ५.५ तोला सुन, नगद ५ हजार रुपैयाँ तथा केही महत्वपूर्ण कागजात फेला पारेको थियो। फेला परेका सामग्री स्थानीयवासीको रोहवरमा सम्बन्धित घरधनीहरूलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बाढीका कारण पुरिएका घर तथा संरचनामा खोजी र उत्खनन गर्ने क्रममा फेला परेका सामग्री सुरक्षित रूपमा सम्बन्धित व्यक्तिलाई बुझाइएको हो।
देश
सामाजिक
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB News
मथुरामा ट्याक्टर पल्टियो, सहचालकको ज्यान गयो; चालक उपचाररत
Nepal NB News
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares