२० असोज २०८३, मङ्गलवार 06 Oct 2026, Tuesday

बाढीले पुरिएका घर उत्खनन गर्दा ५.५ तोला सुन र नगद फेला, घरधनीलाई हस्तान्तरण

Nepal NB News
१४ असोज २०८३, बुधवार

नुवाकोट । नुवाकोटमा बाढीले पुरिएका घरहरू उत्खनन गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले सुन, नगद तथा महत्वपूर्ण कागजात फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ।

मिति २०८३ असोज १३ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हे.क्वा. नुवाकोटबाट खटिएको टोलीले विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारमा बाढीले पुरिएका घरहरूमा उत्खनन तथा खोजी कार्य गरेको थियो।

सो क्रममा टोलीले अन्दाजी ५.५ तोला सुन, नगद ५ हजार रुपैयाँ तथा केही महत्वपूर्ण कागजात फेला पारेको थियो। फेला परेका सामग्री स्थानीयवासीको रोहवरमा सम्बन्धित घरधनीहरूलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बाढीका कारण पुरिएका घर तथा संरचनामा खोजी र उत्खनन गर्ने क्रममा फेला परेका सामग्री सुरक्षित रूपमा सम्बन्धित व्यक्तिलाई बुझाइएको हो।

प्रकाशित : १४ असोज २०८३, बुधवार 12:46

थप समाचार

देश

रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ

Nepal NB News

भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला

Nepal NB News

उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

सामाजिक

भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला

Nepal NB News

भानु-१० मा मोटरसाइकल दुर्घटना: चालकसहित दुईजनाको उपचारका क्रममा मृत्यु

Nepal NB News

उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

रत्ननगरमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Nepal NB News

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved